Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

६९.५१ अंकले घट्यो शेयर बजार, करिब ३ अर्बको कारोबार

६९.५१ अंकले घट्यो शेयर बजार, करिब ३ अर्बको कारोबार

काठमाडौं, १ कात्तिक । दशैंपछि खुलेको धितोपत्र बजारमा कारोबारको दोस्रो दिन नेप्से परिसूचक घटेको छ । २ हजार ६५६ दशमलव शून्य ४ विन्दुबाट शुरु भएको शेयर बजार ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५८७ दशमलव ४५ विन्दुमा आइपुगेर बन्द भएको हो । साथै यस दिन ठूला कम्पनीहरुको शेयर मापक सेन्सेटिभ इण्डेक्स समेत १२ दशमलव ४३ अंकले घटेको छ ।

सोमवार २१८ वटा कम्पनीको ४० हजार ४०१ पटकमा ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएकामध्ये एनआईसि एशिया र घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी दुई कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x