ग्लोबल आइएमई बैंकको नयाँ शाखा खुसिबुमा

काठमाडौं, २ कात्तिक । ग्लोबल आइएमई बैंकले काठमाडौं महानगरपालिका –१७, खुसिबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २ सय ८१ पुगेको छ ।

यसैगरी बैंकले हिजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *