Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

विश्वका दर्जनौ मुलुकमा डोको टूर्सको सञ्जाल

विश्वका दर्जनौ मुलुकमा डोको टूर्सको सञ्जाल

काठमाडौं, २ कात्तिक । डोको टूर्सले यात्रुलाई सहज र सरल सेवा उपलब्ध गराउन विश्वका विभिन्न स्थानमा आफ्नो सञ्जाल विस्तार गरेको छ। कम्पनीले अष्ट्रेलियामा प्रधान कार्यालय खोलेको छ । यस्तै भारत, जापान,भियतनाम, बाली, भुटान, श्रीलङ्का, सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, दुबइ, फिजी लगायतका देशमा सेवा विस्तार गरेको छ भने भारतको नयाँ दिल्ली र काठमाडौंमा पनि शाखा कार्यालय खोलेको जनाएको छ ।

ग्राहकलाई उच्च स्तरको सेवा दिने उद्धेश्यले कम्पनीले ति स्थानमा आफ्नो सञ्जाल विस्तार गरेको डोको टूर्सका कार्यकारी निर्देशक विजय पौडेल क्षेत्रीले जानकारी दिए । होलिडे भ्रमणमा सामान्य ट्राभलर, विद्यार्थी, कर्पोरेट ट्राभलरहरुका लागि उच्चस्तरीय सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । विशेष खालका शारीरिक र मानसिकरुपमा फरक क्षमता भएका बालबालिका तथा नागरिकहरुका लागि पनि विशेष सहुलियतमा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । अशक्त, अपाङ्ग, वृद्धवृद्धाहरुका लागि विशेष हेरचाहका लागि समेत नर्सहरु र टुर गाइडको व्यवस्था गरिएको उनले जानकारी दिए ।

कम्पनीमा १५ वर्षभन्दा बढी सेवा अनुभव भएका कर्मचारीहरु छन् । जसका कारण यात्रुको व्यक्तिगत स्वतन्त्रता र सोखको सम्मान गर्दै उनीहरुको चाहना अनुसार सरल, सुलभ यात्राको सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x