Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

ब्याजदर बृद्धिको असर : नेप्से परिसूचक लगातार घट्दो क्रममा

ब्याजदर बृद्धिको असर : नेप्से परिसूचक लगातार घट्दो क्रममा

काठमाडौं, २ कात्तिक । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बृद्धिको असर शेयर बजारमा देखिएको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा झरेको छ ।

सोमबार पनि ७० अंकले घटेको थियो । तरलता अभाव चर्किएपछि बैंकहरुले ब्याजदर बढाएका छन्। बैंकहरुले ब्याजदर ११ प्रतिशतभन्दा बढी पुर्याएका छन्। त्यती मात्र होइन तरलता व्यवस्थापनका लागि शेयर धितोमा लिइएको कर्जा उठाउन समेत ताकेता गर्न थालेको गुनासो लगानीकर्ताहरुको छ । जसको प्रभाव स्वरुप कारोबार रकम पनि सुस्ताएको छ ।

मंगलबार २२१ धितोपत्रको ३ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ कारोबार भएको छ । त्यसमा नविल बैंकको सबैभन्दा धेरै हिस्सा छ । बैंकको ११ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ।

सोमबार २ अर्ब ९६ करोडको मात्र कारोबार भएको थियो ।

यस्तै मंगलबार कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ । कमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा माहुलि लघुवित्त वित्तीय संस्था छ भने गुमाउने कम्पनीहरुको सूचीको अग्रस्थानमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x