Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

एभरेष्ट बैंकको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

एभरेष्ट बैंकको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं, २ कात्तिक । एभरेष्ट बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ। रगतको बढ्दो माग आपूर्तिका निम्ति रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा ५० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुले रक्तदान गरेका थिए। त्यसैगरी एक सयभन्दा कर्मचारी तथा ग्राहकहरुले निःशुल्क स्वास्थ्य जाँच एवम् परामर्श लिएका थिए ।

यसै कार्यक्रमको शिलशिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरेको बैंकले जनाएको छ। यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमुलस्थित घाटमा विद्युतीय शवदाह उपकरण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *