Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

देशका प्रमुख तथा सहायक नदी क्षेत्रमा बाढी, जनजीवन प्रभावित

देशका प्रमुख तथा सहायक नदी क्षेत्रमा बाढी, जनजीवन प्रभावित

काठमाडौं, २ कात्तिक । बंगालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीको प्रभावले असोज ३१ गतेदेखि मुलुकभर मौसम बदली हुँदा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण विशेषगरी नेपालको पश्चिम क्षेत्र बढी प्रभावित बनाएको छ । हाल सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला र तिनका सहायक नदीमा बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।

हाल बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।

विपद्का कारण डडेल्धुरा र कालीकोटमा एक÷एकजनाको मृत्यु र एक÷एकजना घाइते भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०० घर डुबानमा परेका छन् । सोही क्षेत्रका बासिन्दाको उद्धार प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

महाकालीको बहाव उच्च रहेको र आसपासका क्षेत्रका जोखिम बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सारिएको प्राधिकरणकाप प्रमुख अनिल पोखरेलले बताएका छन् । बझाङको एक गाउँपालिकाको प्रहरी कार्यालय नै डुबानमा परेको र प्रहरी सुरक्षित ठाउँमा सरेका जनाइएको छ ।

कर्णालीको बहाव बढेपछि बर्दियाका केही तटीय क्षेत्रका मानिस प्रभावित भएका छन् । प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिराका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । भोलिसम्म नै वर्षाको सम्भावना रहेकाले सुरक्षित भएर बस्न मन्त्रालयले स्थानीय नागरिकमा अनुरोध गरेको छ ।

विभिन्न क्षेत्रमा काटेर राखेको धान नै वर्षा र बाढीले डुबाएको छ । भित्रिने बेलाको धानमा क्षति पुगेपछि किसान नराम्ररी प्रभावित भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x