Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से परिसूचक ६० अंकले बढ्यो, सबै समूहको परिसूचक वृद्धि

नेप्से परिसूचक ६० अंकले बढ्यो, सबै समूहको परिसूचक वृद्धि

काठमाडौं, ३ कात्तिक । बुधबार नेप्से परिसूचक ६०.५६ अंकले बढेर बन्द भएको छ । गत कारोबार दिन ७७ अंकले घटेको नेप्से परिसूचक आज २.४१ प्रतिशतले वृद्धि भएर २५७१.६६ विन्दृुमा रोकिएको छ । आज सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुने समूहमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ५.८१ प्रतिशतले वृद्धि भएको छ ।

२१७ धितोपत्र ६१ लाख १ हजार ४१४ कित्ता २ अर्ब ६७ करोड ९० लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्य वृद्धि हुने धितोपत्रहरुमा आखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, मैलुङ्ग खोला जलविद्युत कम्पनी र सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । यी धितोपत्रको मूल्य १० प्रतशितले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको कारोबार नविल बैंकको भएको छ । यो कम्पनीको ९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x