Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

पहिलो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको नाफा २ करोड ९६ लाख

पहिलो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको नाफा २ करोड ९६ लाख

काठमाडौं, ४ कात्ति । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्ष २०७८–०७९ को पहिलो त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधीमा लघुवित्तले २ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा ०.२३ प्रतिशतले घटेको हो ।

यो अवधीमा ४ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सम्भावित जोखिमबापत १ करोड ५२ लाख ६३ हजार रुपैयाँ छुट्याएको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष २२.६१ प्रतिशत, सापटी ६२.५३ प्रतिशत, र कर्जा लगानी ५४.८२ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x