सामलिङ पावरको आइपीओ निष्कासन
काठमाडौं, ४ कात्तिक । सामलिङ पावर कम्पनीले आजदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ भने बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ। यसअवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।