Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

इङ्वा हाइड्रोको आइपिओको निष्कासन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

इङ्वा हाइड्रोको आइपिओको निष्कासन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाडौं, ४ कात्तिक । इङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य रू. १०० को दरले १९ लाख ६० हजार कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । इङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

इङ्वा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *