Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रथम त्रैमासमा ८७ उद्योग दर्ता, १ खर्ब २२ अर्ब लगानी स्वीकृत

प्रथम त्रैमासमा ८७ उद्योग दर्ता, १ खर्ब २२ अर्ब लगानी स्वीकृत

काठमाडौं, ४ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) अवधिमा उद्योग विभागमा ८७ उद्योग दर्ता भएका छन् भने १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गराइएको छ । विभागका अनुसार स्वदेशी एवं विदेशी लगानीकर्ताले उक्त परिमाणमा लगानीको प्रस्ताव गरेका हुन् ।

प्रस्तावित लगानी परिचालन हुने उद्योगहरू सञ्चालनमा आउँदा ८ हजार १३४ जनाले रोजगारी पाउने विभागमा गरिएको प्रस्तावमा उल्लेख छ । विभागका अनुसार सो अवधिमा विदेशी लगानी मात्रै २४ अर्बको स्वीकृत गरिएको छ भने विदेशी लगानी स्वीकृति संख्या १०७ रहेको छ । विदेशी लगानी हुने परियोजनाहरूमा ७ हजार १९५ जनालाई रोजगारी प्रस्ताव गरिएको छ ।

सोही अवधिमा दर्ता भएका कुल उद्योगमध्ये साना २७, मझौला ३४ र ठूला उद्योगको संख्या २६ रहेको छ । प्रथम त्रैमासमा विभागले चालू र पूँजीगतर्फ गरी ९९ प्रतिशत प्रगति हासिल गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x