Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

बिहीबार नेप्से १४ अंकले घट्यो

बिहीबार नेप्से १४ अंकले घट्यो

काठमाडौं, ४ कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ। बुधबार ६० अंकले बढेको नेप्से बिहीबार १४.७० अंकले घटेर बन्द भएको छ।

बिहीबार ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ परिसूचक पनि घटेको छ। सेन्सेटिभ ०.६५ अंकले घटेर ४८३.३९ मा पुगेको छ ।

कारोबारमा आएका १३ समूह मध्ये म्यूचुअल फन्ड र अन्य बाहेक सबै समूहको सूचक घटेको छ । म्यूचुअल फन्ड ०.४३ र अन्य समूहको सूचक १.३ प्रतिशतले मात्र बढेको छ । कारोबार पनि २१६ धितोपत्रको २ अर्ब ६३ करोड ५३ लाख रुपैयाँको मात्र भएको छ। बुधबार २ अर्ब ६७ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार सबैभन्दा धेरै शेयर कारोबार सानिमा बैंकको भएको छ। यो बैंकको २७ करोड १२ लाख रुपैयाँ बढीको भएको छ। यस्तै यो दिन सबैभन्दा धेरै कमाउनेमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता परेका छन् । यसको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x