Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्र बैंकबाट दशैंमा ६० अर्ब बाहिरियो, चलनचल्तीको मुद्रा ७ खर्ब २५ अर्ब पुग्यो

राष्ट्र बैंकबाट दशैंमा ६० अर्ब बाहिरियो, चलनचल्तीको मुद्रा ७ खर्ब २५ अर्ब पुग्यो

काठमाडौं, ५ कात्तिक । यस वर्षको दशैंमा करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

सर्वसाधारणले ५ रुपैयाँ देखि एक सय रुपैयाँसम्मका करिब १३ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले भुक्तानी प्रयोजनाका लागि ५ सय र हजार दरका गरी करिब ४७ अर्ब रुपैयाँका नोट लगेको उनले जानकारी दिए ।

कार्यकारी निर्देशक नेपाल

यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । दशैंमा धेरै नयाँ नोट बाहिरिएपछि चलनचल्तीमा रहेको मुद्रा पनि बढेर ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । गत भदौ अन्तिम साता चलनचल्तीमा रहेको मुद्रा करिब ६ खर्ब ६५ अर्ब रुपैयाँ मात्रै थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x