Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

शरदयाममा १४ हिमाल आरोहणका लागि ३६ समूहलाई अनुमति

शरदयाममा १४ हिमाल आरोहणका लागि ३६ समूहलाई अनुमति

काठमाडौं, ५ कात्तिक । यस वर्षको शरद् याम (अटम सिजन)का लागि १४ हिमाल आरोहणका लागि अनुमति दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार उक्त हिमाल आरोहणका लागि ३६ टोलीले अनुमित लिएका हुन्, जसअनुसार २९७ जनाले हिमाल तथा पिक आरोहण गर्नेछन् ।

विभागका अनुसार आरोहणका लागि सबैभन्दा धेरै अनुमित जारी भएको हिमाल मनाश्लु रहेको छ । सो हिमाल आरोहण गर्न २० टोलीबाट १९३ जनाले अनुमति पाएका छन् । यस्तै दोस्रोमा धवलागिरि हिमाल चार टोलीबाट ४० जनाले आरोहण गर्दै छन् ।

कुल आरोहीमध्ये पुरुष २४२ र महिलाको संख्या ५५ रहेको छ । शरद्कालीन हिमाल आरोहण अनुमितबापत २ करोड ६४ लाख रुपैयाँभन्दा बढी रोयल्टी प्राप्त भएको विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x