Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

बेमौसमी वर्षाले सुदूरपश्चिमको धानबालीमा करोडौंको क्षति

बेमौसमी वर्षाले सुदूरपश्चिमको धानबालीमा करोडौंको क्षति

विवेक नागरी

कैलाली, ६ कात्तिक । सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा केही दिनअघिको वर्षाले करोडौं मूल्यको धानमा क्षति पुगेको छ । वर्षभरि मेहनत गरेर लगाएको बाली बेमौसमी वर्षाले नष्ट गरेपछि किसानहरू मारमा परेका छन् । वर्षाले सुदूरपश्चिम प्रदेशका दुईवटै जिल्लामा ३० प्रतिशतसम्म धानबालीमा क्षति पु¥याएको सुदुरपश्चिम कृषि विकास निर्देशनालयले जनाएको छ ।

कैलाली र कञ्चनपुरमा वर्षाअघि करिब ४० प्रतिशत धानबाली भित्र्याउन बाँकी रहेको सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए । अहिले स्थानीय तहका कृषि शाखालाई क्षतिको यकिन विवरण संकलन गर्न निर्देशन दिइएको छ ।

३० प्रतिशत धानबालीको क्षतिलाई मात्रै आधार मान्दा पनि कैलालीका करिब एक लाख किसानले दुई अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कैलाली र कञ्चनपुरमा एक हेक्टर खेतमा सरदर ४५ क्विन्टलसम्म धान फल्ने गर्छ ।

यसैबीच, कैलालीको बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका प्रधानमन्त्री देउवाले धानबाली र घरजग्गाको क्षति पुगेका किसानलाई उचित राहतको व्यवस्था गरिने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीवार शुक्रवार सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै प्रभावित परिवारलाई भेटका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x