नेपाल लघुवित्त बैंकर्स संघमा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं, ६ कात्तिक । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् । शुक्रबार सम्पन्न भएको १५ साधारण सभाले लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको हो ।

संघको उपाध्यक्षमा धौलागिरि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा, महासचिवमा नेशल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव, कोषाध्यक्षमा उन्नती माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक र सचिवमा सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल निर्विरोध चयन भएका छन् ।

यस्तै सदस्यहरुमा जाल्पा सामुदायिक लघुवित्तकी बिमला योगी, सिभिल लघुवित्तका विनोद आचार्य, जनउत्थान सामुदायिक लघुवित्तका श्रीराम पोखरेल, आशा लघुवित्तका बद्री प्रसाद दुलाल, इन्फिनिटी लघुवित्तका प्रविण कुमार लामा र महुली लघुवित्तका गंगाधर पाण्डे निर्विरोध चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *