सपोर्ट लघुवित्तले यो वर्ष ३१ प्रतिशत लाभांश दिने

काठमाडौं, ७ कात्तिक । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यो वर्ष ३१.५७८९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७७/७८ को वितरण योग्य मुनाफाबाट हालको चुक्तापूँजीको ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ६ करोड ६० लाख रुपैयाँ रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *