मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा, मासिक ब्याज सहित थुप्प्रै निःशुल्क सुबिधायुक्त आकर्षक बचत खाता
काठमाडौं, ७ कात्तिक । मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताहरुका लागि “मुक्तिनाथ उत्कृष्ट बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । बैंकले अत्यन्त लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, १० लाख रुपैयाँको दुर्घटना मुत्यु तथा अशक्तता बीमा स्ुविधा भएको मासिक ब्याज आर्जन हुने खाता योजना ल्याएको हो ।
ग्राहकहरुले मात्र १० हजारको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने बैंकले जनाएको छ । साथै पहिलो वर्षको लागि निःशूल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निःशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।