Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

लगानी बोर्डद्वारा ‘लगानी भित्र्याउने रणनीतिक योजना तथा व्यावसायिक योजना’ तयार

लगानी बोर्डद्वारा ‘लगानी भित्र्याउने रणनीतिक योजना तथा व्यावसायिक योजना’ तयार

काठमाडौं, ८ कात्तिक । आगामी पाँच वर्षभित्र १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले सोसम्बन्धी ‘रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१–२०२६)’ तयार पारेको छ । । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२६ सम्ममा लगानी बोर्डबाट कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत भइसक्ने अपेक्षासहित व्यावसायिक योजना तयार भएको जानकारी दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग आइतवार काठमाडौंमा भएको अन्तरक्रियामा सिइओ भट्टले बोर्डको संस्थागत संरचना मजबुत र प्रभावकारी बनाएर मुलुकमा लगानी विस्तार गर्न रणनीतिक योजना बनाइएको बताए । उक्त प्रयोजनका निम्ति विगतदेखि लगानी गरिरहेका लगानीकर्ता, लगानी गर्न इच्छुक र नयाँ लगानीकर्तालाई नेपालमा लगानीको वातावरणबारे आश्वस्त पार्ने योजना बनाइएको बोर्डले जनाएको छ ।

बोर्डले यो अवधिमा ६ खर्ब बराबरको सार्वजनिक–निजी–साझेदारी परियोजना व्यवस्थापन गर्ने र लगानी बोर्डलाई यस अवधारणाको ‘उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यसमेत लिएको छ ।

लगानी बोर्डको क्षेत्राधिकारमा अहिले ६ अर्बभन्दा माथिका सम्पूर्ण परियोजनाको लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन रहेको छ । ऊर्जा परियोजनामा भने २०० मेगावाटभन्दा माथिका परियोजना रहेका छन् । बोर्डले उपयुक्त परियोजनामार्फत एक लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x