लस्कर फुड्सले ल्यायो ‘कर्पोरेट लन्च अफर’, खाना मगाउँदा २५ प्रतिशतसम्म छूट
काठमाडौं, ८ कात्तिक । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ‘कर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर÷कार्यालयमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।
कम्पनीले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो । काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुड्सले यस अफरसँगै अरु विभिन्न अफर समेत ल्याएको छ । हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिसत छुट पाउने लस्कर फुड्सले जनाएको छ ।