Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शेयर बजारमा ८७.६३ अंकको वृद्धि, ४ अर्ब ३० करोडभन्दा बढीको कारोबार

शेयर बजारमा ८७.६३ अंकको वृद्धि, ४ अर्ब ३० करोडभन्दा बढीको कारोबार

काठमाडौं, ८ कात्तिक । शेयर बजारमा सुधार क्रमले साताको दोस्रो दिन सोमवार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २७.५१ अंकले बढेको नेप्से परिसूचक वृद्धिको क्रम पछ्याउँदै सोमवार ८७.६३ अंक अर्थात् ३.३९ प्रतिशतले सुधारिएर २६७२.२५ अंकमा बन्द बन्द भएको छ ।

यस दिन ठूला कम्पनीहरूको शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स समेत १३.६१ प्रतिशतले बढेर ५०४.५८ अंकमा पुगेको छ ।

सोमवार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा १ अर्ब ५३ करोडले बढेको छ । आइतवार २ अर्ब ७७ करोडको शेयर कारोबार भएकोमा सोमवार बढेर ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको भएको छ । यस दिन २२९ कम्पनीको ५३ हजार ७९२ पटकको कारोबारमा ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएकामध्ये सोमवार सबैभन्दा बढी कमाउनेमा वित्त समूह रहेको छ । यस समूहको शेयर सर्वाधिक ७.८१ प्रतिशतले बढेको छ । यस्तै दोस्रोमा जलविद्युत् कम्पनी रहेका छन् । यस समूहको शेयर ७.५७ प्रतिशतले उकासिएको छ । कारोबारमा आएका सबै समूहको शेयर बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x