Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल एसबिआई बैंक सञ्चालक समितिको अध्यक्षमा राजीव अरोरा चयन

नेपाल एसबिआई बैंक सञ्चालक समितिको अध्यक्षमा राजीव अरोरा चयन

काठमाडौं, ९ कात्तिक । नेपाल एसबिआई बैंक संचालक समितिको मिति कात्तिक ७ गते बसेको ४७६औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक राजीव अरोरालाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको छ ।

अध्यक्ष अरोरा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबिआई समूहको रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारिता तथा समूहको अन्य मामिला हेर्छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्ष अरोरालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा सोमवार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x