Shangrila

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं, ९ कात्तिक । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ । सेवामा विशिष्टता कायम गर्ने र अलग्गै पहिचान कायम गर्ने ध्येयले कम्पनीले आफ्नो मूल नारा ‘सर्वे भवन्तु सुखिनः’ रहने घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले उक्त नयाँ लोगो संयुक्तरुपमा अनावरण गरेका हुन् ।

नयाँ लोगो सार्वजनिक भएसंगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अगाडि बढ्ने कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले बताए । कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित र सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितो रुपमा उपलब्ध गराउन संचालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

त्यसैगरी कम्पनीका संचालक विवेक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको बारेमा स्पष्ट्याएका छन् । सोही अवसरमा कम्पनीबाट समय समयमा जारि भएका बिभिन्न बीमा योजनाहरु बीमा बजारमा लगि कम्पनीको ब्यवसाय विस्तारमा पु¥याएको योगदानको उच्च कदर गर्दै आव २०७७–७८ का उत्कृष्ट अभिकर्ता तथा एजेन्सी मैनेजरहरुका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि उत्कृष्ट योगदान दिने कर्मचारी तथा शाखा कार्यालयहरुलाई बिभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *