Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशतसम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा १५ प्रतिशतसम्म छुट

काठमाडौं, १४ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छूट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौतापश्चात् ग्राहक महानुभावले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरु उपभोगबापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १५ प्रतिशतसम्म छुट पाउनेछन् । सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x