Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

१०२ मेगावाट मध्यभोटेकोशीको काम ७५ प्रतिशत, २०७९ पुसभित्र सम्पन्न गर्ने लक्ष्य

१०२ मेगावाट मध्यभोटेकोशीको काम ७५ प्रतिशत, २०७९ पुसभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं, १५ कात्तिक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत सकिएको छ । विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र सुरुङ तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । ७ दशमलव २ किलोमिटर सुरुङमध्ये ४ सय १५ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले बताएको छ ।

उक्त आयोजनाको काम १ वर्षभित्र सक्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । सोही अनुसार आगामी २०७९ पुसभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिदै समयसीमा भित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

प्राकृतिक प्रकोपको चपेटामा परेर करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मूख्य सुरुङको बाहेक अन्य संरचनाहरुको निर्माण प्रगति उत्साहजनक देखिएको घिसिङले बताएका छन् । आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले ऋण काढेर भए पनि सेयर खरिद गरी आयोजनामा लगानी गरेका कारण समयसीमा भित्रै आयोजना सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

घिसिङसहितको टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरु आयोजना स्थलमा ल्याइसकेको छ । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x