Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रथम त्रैमासमा एनआईसी एशिया बैंकको खुद मुनाफा १ अर्ब १८ करोड

प्रथम त्रैमासमा एनआईसी एशिया बैंकको खुद मुनाफा १ अर्ब १८ करोड

काठमाडौं, १५ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकले १ अर्ब १८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रू. ७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७७.८५ अर्ब पुगेको छ ।

साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (रू. ६५.२९ अर्व) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. ३११.४५ अर्ब पु¥याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. १.१८ अर्ब आर्जन गर्न सफल भएकोे छ । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) २१.३९ प्रतिशत रहेको छ । यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी रू. ३९.६५ रहेको छ । निष्क्रिय कर्जालाई पहिलो त्रैमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x