गरिमा स्मार्टबाट आईबिएफटी गर्दा हरेक दिन ५०० जित्ने मौका !

काठमाडौं, १५ कात्तिक । गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरी डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान लिएर आएको छ । फोनपेले ल्याएको आईबिएफटी केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’सँग प्रेरित रहि डिजिटल बैंकिङलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न बैंकले यो अभियान सञ्चालन गरेको हो ।

यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबिएफटीमार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक ५०० जित्नेछन् । कात्तिक १५ देखि पुस १६ गतेसम्म चल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आइतवार बेलुका बैंकको सबै सामाजिक संजालबाट गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *