Shangrila

एनआईसी एशिया क्यापिटलले विद्यार्थीलाई १ घण्टामै निःशुल्क डिम्याट तथा मेरो शेयर खाता उपलब्ध गराउने

काठमाडौं, १६ कात्तिक । एनआईसी एशिया क्यापिटलले विद्यार्थीहरुलाई निःशुल्क रुपमा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता उपलब्ध गराउने भएको छ । यसका लागि कम्पनीले “एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना” संचालनमा ल्याएको छ ।

उक्त योजना अन्तर्गत एन आई सी एशियामा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्ने विद्यार्थीहरुले माघ मसान्तसम्म छुट प्राप्त गर्नेछन् ।

एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना अन्तर्गतका छुटहरुः निःशुल्क डिम्याट खाता, एक वर्ष सम्म निःशुल्क मेरो शेयर सुविधा,पहिलो वर्षको डिम्याट खाता नविकरण शुल्क छुट र समग्र शेयर बजारको अवस्थाको विश्लेषण गरिएको एन आई सी एशिया क्यापिटलको न्यूजलेटर रहेका छन् ।

उक्त योजना अन्तर्गत डिम्याट तथा मेरो शेयर खाता खोल्नकोलागि एन आई सी एशिया क्यापिटलको वेभसाइटमा गएर विवरण भर्नुपर्नेछ । यस योजना अन्तर्गत डिम्याट खाता खोल्ने विद्यार्थीहरुलाई आवश्यक विवरण भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *