Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मंगलबार नेप्से परिसूचक २३.७६ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २३.७६ अंकले बढ्यो

काठमाडौं, १५ कात्तिक । मंगलबार नेप्से परिसूचक २३.७६ अंकले वृद्धि भएर बन्द भएको छ । गत कारोबारको तुलनामा परिसूचक ०.८४ प्रतिशतले वृद्धि भएर २८४३.६२ विदुमा रोकिएको हो ।

२३० धितोपत्रको ९९ लाख ७७ हजार कित्ता शेयर ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज साहस ऊर्जा लिमिटेड र गुडवल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यी कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर मूल्य वृद्धि महालक्ष्मी विकास बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ४६ करोड ९७ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ३ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x