Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

१९.२० अंकले घट्यो शेयर बजार, ४ अर्ब ४२ करोडको कारोबार

१९.२० अंकले घट्यो शेयर बजार, ४ अर्ब ४२ करोडको कारोबार

काठमाडौं, २२ कात्तिक । तिहारको बिदापछि कारोबार खुलेको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । सोमवार अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १९.२० अंकले घटेर २८२९.६४ अंकमा आइपुगेको छ ।

सोमवार २३० कम्पनीको ४९ हजार ५३० पटकको कारोबारमा ४ अर्ब ४२ करोड ?पैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन कुल ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका उपसमूहरूमध्ये अधिकांशको शेयरमूल्य घटेका छन् । यस दिन वित्त कम्पनी, म्युचुअल फन्ड र लगानी समूहले मात्र कमाउन सकेका छन् ।

सामेवार कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा साहज ऊर्जा कम्पनी र आईसीएफसी फाइनान्स रहेका छन् । यी दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतभन्दा धेरैले बढेका छन् । सर्वाधिक गुमाउनेमा भने सपोर्ट लघुवित्त वित्तीय संस्था रहेको छ ।

यसैगरी सर्वाधिक कित्ता शेयर किनबेच महालक्ष्मी विकास बैंकको भएको छ भने धेरैपटक शेयर कारोबार हुनेमा नबिल बैंक लिमिटेड रहेको छ । साथै कारोबार रकमको आधारमा समेत महालक्ष्मी विकास बैंक नै अगाडि रहेको छ । कम्पनीको शेयर ५२ करोड १० लाख ?पैयाँ बराबरको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x