Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

मध्यपहाडी राजमार्गको भौतिक प्रगति ५८ प्रतिशत

मध्यपहाडी राजमार्गको भौतिक प्रगति ५८ प्रतिशत

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) राजमार्ग सम्पन्न गर्नुपर्ने अवधि दुई वर्ष मात्रै बाँकी हुँदा भौतिक प्रगति ५८ दशमलव ३५ प्रतिशत मात्र रहेको छ । आयोजनाका अनुसार असोज मसान्तसम्ममा उक्त प्रगति भएको हो । यस्तै वित्तीय प्रगति भने ६३ दशमलव ८५ प्रतिशत छ ।

आयोजनामा यस वर्ष विनियोजित बजेटमध्ये ६ दशमलव २८ प्रतिशत खर्च भएको छ । असोज मसान्तसम्ममा नै यो वर्षको लक्ष्यअनुसार आठ दशमलव ४३ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ ।

राजमार्गमा जम्मा १३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ९० पुल सम्पन्न भइसकेका छन् । हाल २० पुल निर्माणाधीन रहेको र २७ वटाको ठेक्का व्यवस्थापन बाँकी रहेको छ । चालू आवमा भैंसे, छिप्पे, सिती र रुडी खोलामा पुलका लागि ठेक्का व्यवस्थापनका क्रममा रहेको छ ।

राजमार्गमा आयोजनाबाट ६६५ किमी र अरु आयोजनाबाट ४६२ किमी गरी जम्मा एक हजार १२७ किमी सडक कालोपत्र सम्पन्न भएको छ । त्यस्तै ५१६ किमी कालोपत्र सडक र २८ किमी ग्राभेल सडक निर्माणाधीन रहेको छ । हाल २३६ किमी सडक स्तरोन्नति गर्नका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहकेको बताइएको छ ।

असोज मसान्तसम्ममा थप १४ किमीमा कालोपत्र सम्पन्न भएको छ । राजमार्गमा भर्याग्भुरुङग १२ किमी, सेलेघाट ११ किमी र सुन्दरबजार आठ किमी गरी ३१ किमीमा ठेक्का व्यवस्थापनको क्रममा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x