बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड बाहक महानुभावहरुलाई दराजको ११.११ योजनामा रु.३,५०० सम्मको छुट

काठमाडौं, २४ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले दराजको ११.११ योजनामा ३,५०० सम्म छुट पाउने भएका छन् । प्रबिधिको प्रयोग गरि अनलाइन मार्फत आफुलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक महानुभावहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु.३,५०० सम्मको विशेष छुटको योजना ल्याएको हो । जसअन्र्तगत दराजको ११.११ योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम् रु ३,५०० सम्मको छुटको सुबिधा उपयोग गर्नसक्ने छन् ।
बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम रु. ३,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम रु.३,५०० सम्म छुटको पाउने छन् । यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३,५०० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने छन् ।
बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।