Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

गण्डकी प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४० प्रतिशत

गण्डकी प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४० प्रतिशत

काठमाडौं, २८ कात्तिक । गत आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेश अन्तर्गतका अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४० प्रतिशत रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो वर्षको ती उद्योगह?को औसत क्षमता उपयोग ३९.९ प्रतिशत रहेको थियो ।

औसत क्षमता उपयोग भन्दा बढी क्षमतामा सञ्चालन भएका उद्योगहरूमा चकलेट (८०.२ प्रतिशत), विस्कुट (७२.६ प्रतिशत), वियर (५६.६ प्रतिशत), इटा (५५ प्रतिशत), चुरोट (४९.५ प्रतिशत) तथा खाने तेल (४८ प्रतिशत) रहेका छन् भने बाँकी उद्योगहरू औसत क्षमता भन्दा कममा सञ्चालन भएका छन्। समीक्षा वर्ष प्रशोधित दूधको क्षमता उपयोग ७.१ प्रतिशत, सिमेन्ट उद्योगको २०.७ प्रतिशत र अन्य रासायनिक पदार्थ (औषधि) अन्तर्गत ट्याब्लेटको ३७.१ प्रतिशत, क्याप्सुल ४४.८ प्रतिशत, ओइन्टमेन्टको ९.८ प्रतिशत, ड्राई सिरपको ६.९ प्रतिशत र लिक्वीड औषधिको ३२.२ प्रतिशत रहेको छ । प्रशोधित दूध उत्पादन उद्योगबाट धुलो दूध, आइसक्रिम, नौनी यू, दही, पनिर जस्ता दूधजन्य पदार्थको समेत उत्पादन हुने भएकोले उक्त उद्योगको क्षमता अन्य दूधजन्य पदार्थ उत्पादनमा उपयोग हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा खाद्यान्नमा आधारित उद्योगह?मध्ये तोरीको तेलको उत्पादन ३.६ प्रतिशत, प्रशोधित दूधको उत्पादन ३५.३ प्रतिशत, बिस्कुटको उत्पादन ९ प्रतिशत, चकलेटको उत्पादन ०.६ प्रतिशत, वियरको उत्पादन ३१.७ प्रतिशत, चुरोटको उत्पादन १५.१ प्रतिशत, औषधि तर्फ ट्याबलेटको उत्पादन १२.९ प्रतिशत, क्यापसुलको उत्पादन १५.६ प्रतिशत, इटाको उत्पादन ६२.४ प्रतिशत र सिमेन्टको उत्पादन २२.५ प्रतिशतले वृद्धि भएको छ । उक्त वस्तुहरूको मागमा आएको वृद्धिको परिणामस्वरूप उत्पादनमा वृद्धि भएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x