Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुस २ देखि ४ गतेसम्म ढाका कपडा तथा वस्तु उत्पादनहरुको प्रदर्शनी हुने

पुस २ देखि ४ गतेसम्म ढाका कपडा तथा वस्तु उत्पादनहरुको प्रदर्शनी हुने

काठमाडौं, २७ कात्तिक । ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वरस्थित बानेश्वर ब्याङ्क्वेटमा प्रर्दशनी र सम्मेलन हुने छ । परापूर्वकालदेखि चलि आएको परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पूँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको छ ।

ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसँग सञ्चालन गर्न सकिने भन्दै संघले देशको सुदूरपूर्वदेखि सुदूर पश्चिमसम्म सबै ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रहरुमा घरायसी एवं व्यवसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोग गर्ने कार्य हुँदै आएको छ ।

देशभर ५ हजारभन्दा बढी व्यवसायीहरु रहेका छन् भने १ लाखभन्दा बढीलाई रोजगारी सृजना गरेको उक्त व्यवसायको प्रवर्द्धन र गुणस्तर अभिबृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन नितान्त जरुरी भएको संघका अध्यक्ष रमेश श्रेष्ठले बताए । हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा वजारको माग तथा बद्लिदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको पनि उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x