कामना सेवा विकास बैंकको १५औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं, २८ कात्तिक । कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकको केन्द्रिय कार्यालय परिसरमा शुभकामना आदान प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम तथा निः शुल्क स्वास्थ्य सिबिरको समेत आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले बैंकले हालसम्मको लामो यात्रामा हासिल गरेको प्रगती तथा भाबी कार्ययोजनाका बारेमा प्रकाश पार्नुका साथै बैंकको यो यात्रामा हर तरहले सहयोग गर्नेहरु सबै प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै सहयोग र साथ पाइ रहने अपेक्षा व्यक्त गरेका छन् । बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको आज सम्मको यात्रामा सहयोग र साथ दिने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सिडिएस एन्ड क्लियरिङ लि, बिओके क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकहरु, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा बैंकका पुर्व अध्यक्ष्य मदन शर्मा खनालले संयुक्त रुपमा १५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा केक काटेका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो १५ औं वार्षिक उत्सवको उपलक्ष्यमा हिमाल अस्पातलको सहकार्यमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर पनि गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २१ कार्तिक देखि २७ कार्तिक सम्म साता भरी देशको विभिन्न स्थानहरुमा आफ्नो शाखाहरु मार्फत १५ भन्दा बढी सामाजिक कार्यक्रमहरु जस्तै सर्सफाइ तथा डस्टबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम, बाल तथा वृद्धाश्रममा खाद्यन्न तथा अन्य सामाग्रीहरु वितरणका साथै समाजका उत्थानका लागि अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरेको बैंकले जनाएको छ ।