Date

आइत, पुस १४, २०८१
Sun, December 29, 2024

शुरु भयो पहिलो आर्थिक गणना, यथार्थ नीति र योजना निर्माणमा सहयोगी हुने

शुरु भयो पहिलो आर्थिक गणना, यथार्थ नीति र योजना निर्माणमा सहयोगी हुने

काठमाडौं, १ वैशाख । देशकै पहिलो राष्ट्रिय आर्थिक गणनाको नयाँ वर्षबाट औपचारिक उद्घाटन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले केन्द्रीय तथ्यांक विभागको परिसरमा निर्माण गरिएको आर्थिक गणना स्मारकको अनावरण गरी आर्थिक गणना शुरु भएको घोषणा गरेका छन् । नेपालमा जनगणना र कृषि गणना हुँदै आएको भएपनि आर्थिक गणना भने पहिलो पटक हुन लागेको हो ।
यो गणनामा स्वप्रयोजनका लागि गरिने उत्पादन र वितरणबाहेक हरेक व्यावसायिक इकाइको लगत संकलन गरिनेछ । व्यवसायिक कृषि, औद्योगिक उत्पादन, वस्तु तथा सेवाको वितरण र हरेक प्रकारका सेवा सम्बन्धित व्यवसायमा संलग्न इकाइहरुको गणना गरीनेछ । कार्यक्रममा अर्थमन्त्री खतिवडाले तथ्यांक संकलनमा आउने गणकहरुलाई सहयोग गर्न औपचारिक र अनौपचारिक सबै क्षेत्रलाई आग्रह गरेका छन् ।
अर्थमन्त्री खतिवडाले यस्तो गणनाबाट आउने तथ्यांकले विश्वनीयत नीति तथा योजना निर्माणमा सहयोगी हुने उल्लेख गरे । दीगो विकास लक्ष्य हासिल गर्ने सम्बन्धमा पनि आवश्यक नीति र योजना बनाउन आर्थिक गणनाका तथ्यांक सहयोगी हुने उनले बताए । आर्थिक गणनाले रोजगारीको अवस्था तथा व्यावसायिक इकाइहरुको भौगोलिक अवस्थितिका सम्बन्धमा जानकारी दिने भएकाले यसले तल्लो तहका सरकारहरुलाई पनि नीति निर्माणमा सहयोगी हुने बताइएको छ । तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालका अनुसार तथ्यांक संकलनका लागि ३,५०० गणकहरु खटाइएको छ भने गणना आगामी जेठ मसान्तसम्म सम्पन्न गरिने कार्यसूची रहेको छ । आर्थिक गणनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)ले सहयोग प्रदान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x