सुन तोलामा ४ सय रुपैयाँले घट्यो

काठमाडौं, ३० चैत । स्थानीय बजारमा सुन आज प्रतितोला चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको ५८ हजार ९ सय रुपैंयामा कारोवार भइरहेको सुन आज चार सयले घटेर ५८ हजार ५ सय रुपैयाँले करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि पाँच रुपैयाँले घटेको छ । महासंघका अनुसार आज प्रतितोला ७ सय ४५ रुपैंयामा कारोवार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *