Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नयाँ वर्षको अवसरमा नगरकोट, लुम्बिनी र पोखराका होटलहरु आन्तरिक पर्यटकले भरिभराउ

नयाँ वर्षको अवसरमा नगरकोट, लुम्बिनी र पोखराका होटलहरु आन्तरिक पर्यटकले भरिभराउ

युवराज पन्त
काठमाडौं, ३० चैत । वर्षभरिको थकान, ब्यस्तता र कोलाहल जीवनशैलीबाट केही समय भएपनि छुटकारा लिदै पारिवारिक वातावरणमा घरवाट केहि टाढा आनन्दका साथ नयाँ वर्ष मनाउने परम्परा नेपाली समाजमा बढ्दो छ । सोही अनुसार नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामा काठमाडौं लगायत मुख्य पर्यटकीय क्षेत्रहरु पोखरा, नगरकोट, लुम्बिनी लगायतका क्षेत्रमा संचालित होटलहरु यतिबेला आन्तरिक पर्यटकले खचाखच हुन थालेका छन् । यी क्षेत्रका अधिकांश होटल बुकिङ भइसकेको ब्यावसायीहरुले जानकारी दिएका छन् ।

होटलहरुले पनि आन्तरिक पर्यटक लक्षित विभिन्न आकर्षक प्याकेजहरु ल्याएका छन् । लुम्विनिको पुरानो वुद्धमाँया स्थित पार्क भिलेज रिसोर्टमा नयाँ वर्ष अफर ल्याएसगैं रिर्सोटका १ सय ७ वटा कोठा भरिएको प्रबन्धक सञ्जय थापाले जानकारी दिए । लाईभ डिजे म्यूजिक तथा डान्स कार्यक्रम संचालन गरिने छ । खानामा विशेष छुट दिइएको उनले बताए ।

त्यस्तै नगरकोटमा रहेको म्याष्ट्कि माउन्टेन रिसोर्टमा नयाँ वर्ष लागेसगैं आन्तरिक पर्यटकहरुको चापले होटलका सबै कोठाहरु भरिएको सञ्चालक सुवर्ण थापाले जानकारी दिए । उनका अनुसार रिर्सोटको ६८ वटै कोठा बुकिङ भइसकेका छन् । रिर्सोटले नयाँ वर्षलाई मध्यनजर गरेर आज र भोली १८ हजारको फुल प्याकेज अफर ल्याएको थापाले बताए ।

अर्को पर्यटकीय नगरि पोखरामा पनि नयाँ वर्ष मनाउन पुग्ने आन्तरिक पर्यटकहरुको चाप बढ्दो छ । लेकसाइड क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिने हुँदा पनि त्यहाँका प्रायः होटलहरु बुक भइसकेको व्यवसायीहरुले जानकारी गराएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x