Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वर्ष २०७४ को समिक्षा : बाणिज्य बैंकको प्रमुखमा पुरानालाई पाखा नयाँलाई अवसर

वर्ष २०७४ को समिक्षा : बाणिज्य बैंकको प्रमुखमा पुरानालाई पाखा नयाँलाई अवसर

काठमाडौं, ३० चैत । वर्ष २०७४ मा नेपालका बाणिज्य बैंकहरुमा प्रमुख कार्यकारी अधिकृत फेर बदलको क्रम निकै चल्यो । वर्षको सुरु देखि अन्तम सम्म यो क्रम जारी नै रह्यो ।

बैशाखको महिनामै संचालक समितिसँगको बिबादका कारण सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन बैंकबाट बाहिरिए भने सो पदमा गोबिन्द गुरुङलाई जिम्मेवारी दिइयो । यो वर्ष जनता बैंक लिमिटेडले पनि नयाँ प्रमुख कार्यकारी अधिकृत पायो । तत्कालिन ग्रान्ड बैंक छाडेर बसेर पशुराम कुँवर लामो समय पछि जनता बैंकको प्रमुख भएर असार महिना देखि पुन बैंकिङ क्षेत्रमा फर्किए । सिद्धार्थ बैंकमा पनि सुरेन्द्र भण्डारी बाहिरीए र शम्भु गौतम प्रमुख बने, बैंक अफ काठमाडूमा अजय श्रेष्ठले छाडेपछि संचालक समितिको लामो बिबाद पछि तत्कालिन लुुम्बिनी बैंकका प्रमुख कार्यकारी समेत रहेका सोहन देव पन्तलाई जिम्मेवारी दिइयो । यो क्रम ग्लोबल आइएमई बैंक, नविल बैंक, एनआईसी एसिया, सेन्चुरी कमर्सियल बैंकमा पनि चल्यो ।

ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको बहिर्गमन पछि जनक शर्मा पौडेलको आगमन भयो । साथै नविल बैंकमा सशिन जोशी बाहिरिए भने मेगा छाडेर डेपुटि प्रमुख कार्यकारी अधिकृतको रुपमा अनिल केशरी शाह पुरानै घर फर्किए । यसै गरि संचालक समितिसँगको टसलकै कारण सेञ्चुरी कमर्सियल बैंकका अनुजमणि तिम्लिसनाले पनि बैंक छाड्न बाध्य भए र उनी कुमारी बैंकको डेपुटी प्रमुख कार्यकारीमा गए । अहिले सेञ्चुरीमा तुल्सिराम गौतमलाई प्रमुखमा चयन गरिएको छ ।

संचालक समितिसँगको बिबादकै कारण एनआइसी एसिया बैंकबाट पनि लक्ष्मण रिसालको बहिर्गमन भयो । त्यसपछि सो बैंकका डेपुटी प्रमुख कार्यकारी अधिृकत रोशन न्यौपानेले कामु प्रमुख बन्ने अवसर पाए । वर्षको अन्तममा आएर बाणिज्य बैंकहरुमै पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रेकर्ड राख्दै अनुपमा खेजेली मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियूक्त भइन । माछापुच्च्छ्रे बैंकमा निरज श्रेष्ठले छाडेपछि खाली रहेको प्रमुखको जिम्मेवारी सम्हाल्ने गरि सुमन शर्मालाई पुरानै घर फकाईयो ।

समग्रमा यो वर्ष बैंकहरुको प्रमुख कार्यकारी फेरबदल निकै चल्यो । जसको कारण अधिकांश पुराना प्रमुख कार्यकारी अधिकृतहरुले विश्राम लिन बाध्य भए भने प्रायः धेरै बैंकमा नयाँ अनुहारले प्रमुख बन्ने अवसर पाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x