Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

घट्न थाल्यो विदेशी विनिमय सञ्चिति

घट्न थाल्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं, ३० चैत्र । विदेशी मुद्रा भित्र्ने विप्रेषण आय र निर्यातमा उल्लेख्य सुधार हुन नसक्दा एकोहोरो आयात मात्र वृद्धि भई देशको विदेशी विनिमय सञ्चिति विस्तारै क्षय हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको आठ महिनासम्म विदेशी विनिमय सञ्चिति १० अर्ब १३ करोड अमेरिकी डलर रहेको छ, जुन आर्थिक वर्षको पहिलो महिना (साउन) को १० अर्ब ४९ करोड डलरको तुलनामा न्यून हो ।
केन्द्रीय बैंकले विद्यमान सञ्चितिबाट ११ महिनाको वस्तु आयात र ९ दशमलव ७ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने बताएको छ । नेपालमा वैदेशिक मुद्रा आम्दानीको दीगो र विश्वसनीय स्रोत कमजोर भएकाले विदेशी विनिमय सञ्चिति आठ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहिरहनुपर्छ भन्ने मान्यता छ । यदि सञ्चिति उक्त सीमाभन्दा कम भएको खण्डमा सरकारले आयातलाई निरुत्साहीत समेत गर्नुपर्ने हुन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको बृहद् आर्थिक तथा वित्तिय परिदृश्य अनुसार, ८ महिनाको अवधिमा कुल ५३ अर्ब ४२ करोड रुपैँयाको निर्यात भई सात खर्ब ६७ अर्ब रुपैँयाको आयात भएको छ । आयातको वृद्धि निर्यातको वृद्धिदर भन्दा दोब्बर बढी २२ दशमलव १ प्रतिशत रहेको छ ।
यद्यपि चालु वर्षको आठौंं महिनामा रेमिट्यान्सको आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ९ प्रतिशतले वृद्धि भई चार खर्ब ७१ अर्ब रुपैँया रेमिट्यान्स भित्रिएको छ । गत वर्ष सोही अवधिमा ५ दशमलव ३ प्रतिशतले रेमिट्यान्स बढेको थियो । चालु खाता घाटा एक खर्ब ५३ अर्ब ९६ करोड रुपैँया र समग्र शोधानान्तर स्थिति २४ अर्ब ७३ करोड रुपैँया रहेको छ । गत वर्ष सोही अवधिमा शोधनान्तर बचत ५० अर्ब रुपैँया रहेको थियो । समीक्षा अवधिमा १४ अर्ब २४ करोड रुपैँया प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।
यद्यपि उपभोक्ता मुद्रास्फिति भने बढेको छ । सातौं महिनामा पाँच प्रतिशत रहेको उपभोक्ता मूल्यवृद्धि आठौं महिनामा ६ प्रतिशत बिन्दूमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x