Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक अफ काठमाण्डूका ग्राहकलाई सन स्टार होटलमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई सन स्टार होटलमा १० प्रतिशत छुट

मंसिर, ४ काठमाडौं ।​ बैंक अफ काठमाण्डूका ग्राहकले सन स्टार होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले सन स्टार होटलमा डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । शुक्रबार सन स्टार होटल र बैंकबीच छुट दिने गरि सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् बैंकका ग्राहक महानुभावहरुले सन स्टार होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन । उक्त छुटको उपयोग गर्नको लागि बैंकका ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सन स्टार होटलले भैरहवाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x