Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

८ अर्बभन्दा बढी लगानीमा ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना शुरू

८ अर्बभन्दा बढी लगानीमा ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना शुरू

काठमाडौं, ५ मंसिर । कोभिड–१९ का कारण शिथिल भएको मुलुकको अर्थतन्त्रलाई महामारीपूर्वकै अवस्थामा फर्काउन सरकारले आठ अर्बभन्दा बढीको लगानीमा ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना प्रारम्भ गरेको छ । विश्व बैंकसँगको साझेदारीमा सरकारले प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेट्ने पाँच वटा आर्थिक ‘करिडोर’का केही नगरपालिकामा उद्यमशीलता प्रवद्र्धन गरी कृषि उत्पादकत्व बढाउन परियोजना शुरु गरिएको हो ।

कृषि विकास रणनीतिसँग तादात्म्यता कायम गरी प्रादेशिक र स्थानीय सरकारहरू, सरोकारवाला सङ्घसंस्था, साना तथा मझौला उद्यमको साझेदारी र सहकार्यमा विशेषरुपमा महिलाको नेतृत्वमा कृषि क्षेत्र र उद्यमशीलता बढाउँदै परियोजनाबाट ५,७०० भन्दाबढीका लागि छोटो अवधिको रोजगारी सृर्जना गर्ने लक्ष्य निर्धारण भएको छ ।

ग्रामीण उद्यमीका लागि दिगो सम्बन्ध बढाउन, कृषि क्षेत्रको रूपान्तरण, कोभिड–१९ पछिको अर्थतन्त्रको पुन?त्थान, साना किसान, किसान समूह र सहकारी उत्पादनको बजार सम्पर्क सुनिश्चित गर्नु परियोजनाको अर्को लक्ष्य हो ।

सरकार र निजी क्षेत्रलाई मुलुकको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्ने नीतिअनुरुप नगदे बाली लगाउन किसानलाई अभिप्रेरित गर्दै कफी, चिया, फलफूल र औषधि उत्पादनजस्ता तुलनात्मक लाभका क्षेत्रमा लाग्न परियोजनाबाट मद्दत पुग्ने ठानिएको छ भने आगामी चार वर्षमा उत्पादक, वित्तीय संस्था र स्थानीय सरकारबाट थप कोषको लाभ हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x