Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी

वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी

वीरगञ्ज, ८ मंसिर । वीरगञ्ज भन्सार कार्यालयलले चालू आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो अवधिका लागि विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैया राजस्व संकलनको लक्ष्य दिएकोमा कार्यालयले ७० अर्ब १२ करोड १४ लाख राजस्व संकलन गरेको थियो । कोरोना सङ्क्रमितको संख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरीे विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व संकलन बढ्दै गएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

चालु आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट संकलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट संकलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x