हायात प्लेसले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

काठमाडौं, ८ मंसिर । होटल हायात प्लेसले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच मंगलवार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको हो। कम्पनीका कार्यकारी निर्देशक अक्षय गोल्यानको उपस्थितिमा सम्झौतापत्रमा कम्पनीकोतर्फबाट अध्यक्ष शक्तिकुमार गोल्यान र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।

गत कात्तिक १५ गतेबाट काठमाडौंको सोल्टीमोडमा सञ्चालनमा आएको होटलले मंगलबार आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकका लागि सम्झौता गरेको हो। ह्यात प्लेस सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले जारी पुँजीको १० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।

यो होटल अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा सञ्चालनमा आएको हो। होटलमा १५३ वटा कोठाहरु रहेका छन्। गोल्यान समूहले यो होटलको निर्माण सुरु गरेको थियो। यसमा अहिले अर्का उद्योगी कमलेश अग्रवाल लगायतका लगानीकर्ताहरु जोडिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *