Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एनआईसी एशिया क्यापिटलको १०.२५ प्रतिशत प्रतिफल सहितको ‘इनकम ग्यारेन्टी फन्ड’ योजना सञ्चालनमा

एनआईसी एशिया क्यापिटलको १०.२५ प्रतिशत प्रतिफल सहितको ‘इनकम ग्यारेन्टी फन्ड’ योजना सञ्चालनमा

काठमाडौं, ८ मंसिर । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा पोर्टफोलिया म्यानेजमेन्ट सर्भिस)अन्तर्गत उच्च प्रतिफल सहितको इनकम ग्यारेन्टी फन्ड नामक उच्च प्रतिफल सहितको लगानी व्यवस्थापन योजना संचालन गरेको छ । विशेषगरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाशप्राप्त, गृहणी लगायतका लगानीकर्तालाई ध्यानमा राख्दै संचालनमा ल्याइएको बताइएको छ ।

यस योजनाअन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्ने क्यापिटलले बताएको छ । कम्पनीले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र यस प्रकारको योजनाहरु संचालन गर्ने गरेको दाबी गरेको छ । उक्त योजनामा सहभागी हुनको लागि न्यूनतम १० लाख लगानीबाट शुरु गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x