Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

विगतमा विद्युत वितरणमा भएका नीतिगत भ्रष्टाचारको छानविन गरिने

विगतमा विद्युत वितरणमा भएका नीतिगत भ्रष्टाचारको छानविन गरिने

काठमाडौं, २ बैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नीतिगत भ्रष्टाचारमा छानविन गरी कारवाही गर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले विगतमा विद्युत वितरणको क्रममा भएका नीतिगत भ्रष्टाचारमा छानविन गरी कारवाही गर्ने बताएका हुन ।

उनले विगतमा नीतिगत भ्रष्टाचार गरेर ठूला उद्योगलाई २४ सै घण्टा बिजुली दिने र जनतालाई आँध्यरोमा राख्ने काम काम भएको भन्दै यस्ता कार्यमा संलग्नलाई कारबाही गर्ने जानकारी दिए । सर्वसाधारणले दैनिक घण्टौं लोडसेडिङको मार खेप्दै आएका बेला केही ठूला उद्योगले भने २४ सै घण्टा बिजुली पाउने गरेको तथ्य बाहिर आए पछि मन्त्री पुनले यस्तो कार्यमा सम्लग्न भएकालाई कारबाही गर्ने चेतावनी दिएका हुन ।

मन्त्री पुनले अहिले पनि केही विद्युत थपिएको, केही व्यवस्थापन गरिएको र केही विगतमा भएका नीतिगत अनियमिततालाई रोक्न सक्दा लोडसेडिङमुक्त भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *