सेयर बजार २.६० अंकले बढ्यो

काठमाडौं, २ बैशाख । आइतबार सेयर बजार २.६० अंकले बढेर १२८०.१५ विन्दुमा पुगेको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज १ सय ५९ कम्पनीका ६ लाख ५५ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाँको कारोबार भएको छ ।

होटल समूह २२.४१, विकास बैंक १.३६, माइक्रोफाइनान्स ११.७४, बीमा समूह ८३.८४, र अन्य समूह ५.२९ अंकले बढेको छ बैंकिङ समुह २.२५, वित्तीय समूह २.५४, जलविद्युत समूह ८.३३ र उत्पादनमूलक समूह ३.६७ अंकले घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *