Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बिहीवारको शेयर बजार : परिसूचक र कारोबार दुवै खस्कियो

बिहीवारको शेयर बजार : परिसूचक र कारोबार दुवै खस्कियो

काठमाडौं, ९ मंसिर । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक र कारोबार दुवै खस्किएको छ । यस दिन नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ अंकमा आइपुगेको छ । घटेको बजारमा ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स भने झीनो अंकले बढेको छ ।

यस दिन २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन बुधवारमा ४ अर्ब २१ करोडभन्दा बढीको कारोबार भएको थियो ।

मंगलवार कारोबारमा आएकामध्ये बैंक, होटल तथा टुरिजम र अन्य समूहबाहेक सबै उपसूचक घटेका छन् । यस दिन सर्वाधिक नाफा कमाउनेमा समृद्धि फाइनान्स लिमिटेड रहेको छ । कम्पनीको शेयर ९.२७ प्रतिशतले बढेको हो । सर्वाधिक शेयरमूल्य गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य ६.९३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल टेलिकम रहेको छ । कम्पनीको शेयर २६ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । सर्वाधिक कित्ता शेयर किनबेच हुनेमा भने सिभिल बैंक लिमिटेड रहेको छ । कम्पनीको ५ लाख ४७ हजार ८७१ कित्ता शेयर कारोबार भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x