Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तातोपानी नाकाबाट आयात प्रभावित

तातोपानी नाकाबाट आयात प्रभावित

सिन्धुपाल्चोक, १३ मंसिर । तातोपानी हुँदै चीनबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीबीच विवाद हुँदा आयात प्रभावित भएको छ । केही वर्षदेखि सिल्क ट्रान्सपोर्टले मात्रै एकलौटी सामान आयात गरेको यो नाकामा केही महिनादेखि अन्य दुई ट्रान्सपोर्ट कम्पनीले सामान ल्याउन अनुमति पाएसँगैं विवाद देखिएको हो ।

तातोपानी नाकामा सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले चाइनाबाट सामान ल्याउने गर्दछन् । नमस्ते ट्रान्सपोटले सामान आयातका लागि चाइनाबाट जति माग आउँछ, त्यतिमात्रै कन्टेनर पठाउ भन्ने र सिल्क ट्रान्सपोर्टले क्युमा गाडी राखेर सामान आयात गर्ने भनेपछि टान्सपोर्ट कम्पनीबीच विवाद देखिएको हो । सामान बोक्नका लागि सिल्क ट्रान्सपोर्टको ५२ वटा, नमस्ते ग्लोबल लजिष्टिकको ३२ वटा र रिवान्जे ट्रान्सपोर्टको १२ वटा कन्टेनर छन् ।

विवाद सुल्झाउन तीनवटै ट्रान्सपोर्टका प्रतिनिधिहरु र तातोपानी भन्सार कार्यालयका अधिकारीहरुसहितको टोलीले पटक पटक वार्ता र छलफल गरेपनि समाधान भने हुन नसकेको नमस्ते ट्रान्सपोर्टका सञ्चालक दानोर्बु शेर्पाले बताए ।
चाईनामा गएर गाडी त्यत्तिकै बस्नुपर्दा एक दिनको २ हजार आरएमबी तिर्नुपर्ने हुँदा जति माग आउँछ त्यतिमात्रै कन्टेनर पठाउन आपूmहरुले भनेको उनले बताए ।

ट्रान्सपोर्ट कम्पनीबीच हुने विवादले आयात प्रभावित भएको तातोपानी भन्सारका प्रमुख नारद गौतमले बताए । चिनियाँ भन्सारमा जसको पहिला जाँचपास हुन्छ, त्यही कन्टेनर मितेरी पुल आउँछ । त्यही पालोमा नेपालमा सामान ढुवानी गर्ने व्यवस्था मिलाउने गरेको उनले बताए ।

विवादका कारण खासा क्षेत्रमा एक सातादेखि दुई सय गाडी लाइनमा छन् । अधिकांशले स्याउ बोकेका छन् । पालो कुरेर बस्दा विलम्ब शुल्क बढी तिर्नुपर्ने भएकाले ट्रान्सपोर्ट कम्पनीबीच पहिला जाँचपास गर्ने विषयमा विवाद हुने व्यवसायीहरूको भनाइ छ । तिब्बतको जाङ्मुपोर्टमा आइपुगेका सामान चिनियाँ भन्सार जाँचपासपछि नेपालका लागि निर्यात गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x