Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा ढिलाइ : साउनभित्र सक्न प्राधिकरणको निर्देशन

चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा ढिलाइ : साउनभित्र सक्न प्राधिकरणको निर्देशन

काठमाडौँ, १३ मङ्सिर । रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पु¥याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा आशातीत प्रगति नभएपछि नेपाल विद्युत् प्राधिकरणले चासो राखेको छ ।

निर्माण व्यवसायीको काम सन्तोषजनकरुपमा अगाडि बढ्न नसक्दा राष्ट्रिय लक्ष्यमा नै प्रभाव पर्ने देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत निरीक्षण गरी पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् ।  

निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको समग्र निर्माण प्रगति ६० प्रतिशत मात्रै भएको छ । यद्यपी, प्रसारण लाइनको निर्माण आगामी साउन भित्रसक्ने गरी भइरहेको सम्बद्ध आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२० केभी क्षमताको दुई वटा सबस्टेशन निर्माण भइरहेको छ । चिलिमे हव र त्रिशूली थ्री बी हब नाम दिइएको सबस्टेसन निर्माणमा आशातीत प्रगति हुन सकेको छैन । यस्तै चिलिमे–त्रिशूली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन रहे पनि प्रगति उल्लेख्य हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x